भिडियो

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको सपथमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए। भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत: जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटरमार्फत जानकारी गराएका छन्। बिहीबार सपथमा सहभागी भएका प्रधानमन्त्री ओली दिउँसो पौने ४ बजे स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०७:२८ शुक्रबार

केपी_शर्मा_ओली नरेन्द्र_मोदी भेटवार्ता