भिडियो

निर्माला पन्त प्रकरणमा प्रहरीबाट गल्ती भयो: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त घटनाको वास्तविकता सार्वजनिक गर्ने प्रयत्न भइरहेको बताएका छन्।

सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै  प्रधानमन्त्री ‌ओलीले घटनाबारे नेपाल प्रहरीले अनुसन्धान जारी राखे पनि स्वतन्त्र रुपमा काम गर्न नपाएको गुनासो गरे। निर्मला हत्या प्रकरणमा प्रहरीबाट गल्ती भएको ओलीको स्वीकारोक्ति थियो। 'प्रहरीबाट पनि गल्ती भयो। तर प्रहरीलाई पनि प्रभावमा पारियो, स्वतन्त्र ढंगमा अनुसन्धान गर्न दिइएन' प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले पन्त हत्या घटनामा मानव अधिकार आयोगले दिएका सुझावहरूलाई सरकारले लागू गर्ने प्रतिवद्धता जनाए। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १३ जेष्ठ २०७६ १८:०५ सोमबार

केपी_शर्मा_ओली निर्मला_पन्त हत्या बलात्कार