भिडियो

मानव अधिकारप्रति प्रतिवद्द छौं

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले द्वन्दकालका पीडितलाई न्याय दिन प्रतिवद्ध रहेकोे बताएका छन्। सोमबारबाट काठमाडौंमा सुरु भएको एशियामा बलपूर्वक वेपत्ताः प्रचलित कानुन, चुनौति र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले द्वन्दकालीन न्याय निरुपणका लागि सरकारले वेपत्ता नागरिकको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गर्दै त्यसको पदाधिकारी पुनः नियुक्तीको काम पनि अघि बढाइएको स्पष्ट पारे।

मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द पीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी पनि दिए। 

दुबै आयोगको पदाधिकारी छनौट भएपछि द्वन्द पीडितहरुले न्याय पाउने गरी सरकारले आफ्नो कामलाई अघि बढाउने मन्त्री ज्ञवालीको भनाई छ।

मन्त्री ज्ञवालीले सरकार मानव अधिकारको उल्लङ्घन हुन नदिन सचेत रहेको पनि बताए। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १३ जेष्ठ २०७६ १६:२० सोमबार

मानव_अधिकार द्वान्दकालिन_मुद्दा बेपत्ता_छानबिन न्याय