भिडियो

मिडिया काउन्सिल विधेयक संसदीय प्रक्रियाबाट पारित हुन्छ

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिईरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाएका हुन्। उनले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे।

कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि स्मरण गराए। थप जानकरीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १३ जेष्ठ २०७६ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App