भिडियो

छलफल गरेर मात्र कानुन बन्छ: महरा

काठमाडाैं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

सभामुख महराले सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माणको कामलाई अघि बढाउन सरकारलाई पनि सचेत गराए। बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्म अनुसार कानुन निर्माण भए/नभएको निगरानी राख्ने काम गर्न पनि संसदीय समितिको भएको स्पष्ट पारे।

सभामुख महराले सरकारले आश्वासन अनुसार काम गरे/नगरेको निगरानी राख्ने काम गर्न संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको रहेको पनि स्मरण गराए।

सभामुख महराले संविधान अनुसार कानुन निर्माण र त्यसको कार्यान्वयनको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्नुपर्ने पनि दोहो-याए।
थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: ९ जेष्ठ २०७६ १६:३७ बिहीबार

कृष्णबहादुर_महरा कानुन संसदीय_समिति संघीय_संसद