भिडियो

पाँचथर हत्याकाण्डको यथार्थ छिट्टै : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरे।

गृहमन्त्री थापाले सो घटनामा संलग्न नौं जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको टोलीनै घटनास्थल पुगेको छ।  सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भईरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए।

गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो। नौ जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो। प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमलेनै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानवीन प्रक्रियालाई अघि बढाएको छ।

 

 

प्रकाशित: ८ जेष्ठ २०७६ ०९:१२ बुधबार

गृहमन्त्री हत्याकाण्ड पाँचथर