भिडियो

करारका कर्मचारीलाई उपदान देउ-कांग्रेस, करारमा कर्मचारी राखिंदैन: पण्डित

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपादान दिन सरकारसँग माग गरेका हुन्।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने बताएका हुन्। नेता बडुले करारमा कार्यरत कर्मचारीले गरेको सेवा अवधि बराबरको उपदानको व्यवस्था गर्दा उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरुको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराए। उनले मुख्य सचिवको नियुक्ती मन्त्रीपरिषद बैठकले गर्न नहुने धारणा पनि राखे।

समितिकी सदस्य रामकुमारी झाँक्रीले खुला प्रतियोगिताबाट सहसचिव नियुक्त गर्ने व्यवस्था प्रभावकारी नहुने पनि बताइन।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने करारमा कर्मचारी भर्ना गर्न नसकिने बताए। थप जानकारीका लागि हेर्नुहोस भिडियो: 

प्रकाशित: ७ जेष्ठ २०७६ १६:३३ मंगलबार

लालबाबु_पण्डित करार_कर्मचारी नेपाली_कांग्रेस संघीय_मामिला_तथा_सामान्य_प्रशासन