भिडियो

गोकुल बाँस्कोटाको हुलिया अनुसार बोल्या मिल्छ ?

काठमाडौं– संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाका अभिव्यक्ति र रवैयाप्रति अधिकारकर्मीहरुले खरो प्रतिक्रिया दिएका छन्। मानव अधिकार संगठनले राजधानीमा आइतबार गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले मिडिया काउन्सिल विधेयक तत्काल सच्याउन सरकारसँग माग गर्दै राष्टिय मानव अधिकार आयोगको अधिकार कटौती गर्दै संसदमा दर्ता गरिएको विधेयकप्रति असन्तुष्टि समेत जनाएका छन्।

अन्तरक्रियामा बरिष्ठ अधिवक्ता शम्भु थापाले कुर्सीमा पुगेपछि नेताहरुले आफ्नो संस्कार बिर्सने गरेको आरोप लगाए।

त्यस्तै राजनीतिक विश्लेषक सुरेन्द्र केसीले आफूहरुले सरकारको बिरोध नभई प्रणालीको बिरोध गरेको भन्दै हरेक क्षेत्रमा बेथिति मौलाएको आरोप लगाए। मिडिया काउन्सिल विधेयकले पत्रकारिताको मर्म मार्ने र मानव अधिकार आयोगको अधिकार कटौती गर्दै विधेयक पेश गर्न लागिएको भन्दै तत्काल सच्याउन माग गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७६ १७:०३ आइतबार

गोकुल_बाँस्कोटा सुरेन्द्र_केसी शम्भु_थापा मिडिया_काउन्सिल_विधेयक