भिडियो

आज म अलि टेन्सनमा छु....

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहाल चिनियाँ राजदूत होउ यान्छीका कारण तनावमा परेका हुन्।

उनी युवा संघको कार्यक्रममा दिउँसो १ बजेतिर पुगेका थिए। चिनियाँ राजदूत यान्छीले ४ बजे भेटवार्ताका लागि दाहालसँग समय लिएकी थिइन। निर्धारित समयअनुसार उनी भेटवार्ताका लागि दाहाल खुमलटार समेत पुगेकी थिइन। तर, दाहाल युवा संघकै कार्यक्रममा भुलिएपछि उनलाई तनाव भएको हो।

कार्यक्रम लम्बिएर ४ बजे आफ्नो सम्बोधनको पालो आएपछि दाहालले सार्वजनिक रुपमै आफू तनावमा परेका बताएका थिए। समय अभाव भएको भन्दै उनले पूर्ववक्ताको भनाईमा समर्थन जनाउँदै आफ्नो सम्बोधनसमेत छोट्याएका थिए। चिनियाँ राजदूत घरमा पुगिसकेको र निर्धारित समयमा भेट्न नसकेको भन्दै आफ्नो तर्फबाट परिवारका सदस्यलाई माफी माग्न लगाएको कुरा दाहालले कार्यक्रममा जानकारी गराएका थिए। 
दाहाल टेन्सनमा पर्नुको कारण हेर्नुहोस भिडियोमा:

प्रकाशित: १ जेष्ठ २०७६ १७:१२ बुधबार

पुष्पकमल_दाहाल तनाव चिनियाँ_राजदूत_होउ_यान्छी युवा_संघ