भिडियो

'समाजवादले मान्छे मार्ने नभई,ज्यान रक्षा गर्ने हो'

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काम चुनौतीपूर्ण रहेकाे बताए।

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा अाज टुँडिखेलमा अायाेजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ' संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मजदुरहरूकाे पनि ठूलाे हात छ। याे कमजोर हुँदै गए मुलुकमा अराजक फैलिने हाे कि भन्ने प्रश्न राजनीतिक नेतृत्वमा उठ्ने गरेको छ।'

उनले विश्वमा धनी र गरिबबीचको खाडल झनै बढेर गएको बताउँदै यसलार्इ निर्मुल पार्नुपर्नेमा जाेड दिए।

कतिपय मान्छेलार्इ समाजवादी क्रान्तिले मान्छे मरेका हुन् कि भन्रे भ्रम रहेकाे भन्दै उनले भने, 'पुँजीपतिहरूले मानिसकाे जीवनलाइ सामान्य कीरा फट्याङ्ग्रा सम्झे। यसै पुँजीवादले विश्वयुद्धमा कैयाैं मान्छे मरेकाे बताए।

प्रकाशित: १८ वैशाख २०७६ १४:४२ बुधबार

पुष्पकमल_दाहाल गणतन्त्र_संस्थागत लोकतान्त्रिक_गणतन्त्र अन्तरराष्ट्रिय_श्रमिक_दिवस