भिडियो

विदेशिने कामदारलाई थप आर्थिक भार


काठमाडौं– वैदेशिक रोजगार ऐनलाई संशोधन गर्दै सरकारले मेनपावर कम्पनीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्याएको छ। तर वैदेशिक रोजगारीका नाममा हुने ठगि न्यूनीकरण हुने विश्वासले गरिएको धरौटी वृद्धिको असर अन्तत विदेशिने कामदार माथि पर्ने देखिएको छ। ७ लाख नगद र ३० लाख बैंक ग्यारेन्टीको व्यवस्थामा परिमार्जन गर्दै कामदार पठाएको संख्याका आधारमा मेनपावरको धरौटी निर्धारण गरिएको छ।

संशोधित व्यवस्था अनुसार अब वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने कम्पनीले ५० लाख नगद र १ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्नेछ। त्यस्तै वर्षमा ३ हजारदेखि ५ हजार कामदार पठाउने कम्पनीले १ करोड नगद र २ करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ भने वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ। नयाँ कायम गरिएको धरौटी मेनपावर कम्पनीले ६ महिना भित्र जम्मा गरिसक्नुपर्ने छ।

धरौटी वृद्धिबारे थप जानकारी भिडियो रिपोर्टमा।

प्रकाशित: १३ वैशाख २०७६ १२:०८ शुक्रबार

विदेशिने_कामदार धरौटी_वृद्धि मेनपावर_कम्पनी वैदेशिक_रोजगार_ऐन