भिडियो

कोही नेपाली हताहत भएका छैनन्

काठमाडौं - आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोही नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्। नागरिक न्युज सँग टेलिफोनमा कुरा गर्दै राजदूत प्याकुरेलले भने-"आज यहाँको सरकारी विदा हो सबै कार्यालयहरु बन्द छन्। तर अहिले सम्म हामीलाई त्यस्तो कुनै जानकरी आएको छैन।" राजदूत प्याकुरेलका अनुसार बिस्फोटमा ५ सय भन्दा बढी घाइते भएका छन्। घटनापछि राजधानी कोलम्बोको सुरक्षा व्यवस्था कडा पारिएको छ भने आम जनतालाई धैर्य राख्न राष्ट्रपतिले आग्रह गरेका छन्।

साई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ।

चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो। कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो।  श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन्। आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन।

थप जानकारीका लागि सुन्नुहोस राजदूत प्याकुरेल सँग गरिएको कुराकानी :

प्रकाशित: ८ वैशाख २०७६ ०८:०२ आइतबार

कोलम्बो_विस्फोट नेपालीहरु_सुरक्षित राजदूत_विश्वम्भर_प्याकुरेल