भिडियो

सर्वोच्चको आदेश अनुसार नै वंशजलाई नागरिकता दियौं : गृहमन्त्री थापा

काठमाडौं– जन्मका आधारमा नागरिकता पाएकाका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिनु कानूनसम्मत भएको सरकारले दाबी गरेकाे छ।

राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा जवाफ दिँदै गृहमन्त्री थापाले  विगतका मुद्दामा सर्वोच्चले वंशजकै आधारमा दिनु भनेर दिएको आदेशमा टेकेर सरकारले वंशजको आधारमा नागरिकता दिने निर्णय गरेको दाबी गरे। 

कानून बन्न ढिलाई हुँदा धेरैले पढ्न नपाएको गुनासो गरेपछि विगतको आदेशलाई नै टेकेर वंशजको आधारमा सो निर्णय गर्नुपरेको गृह सचिव प्रेमकुमार राईको स्पष्टोक्ति छ। उनले समितिबाट पारित नभई नागरिकता दिन बाध्य भएको र आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने बताए। 

गृह मन्त्रालयले गत चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भन्दै कार्यान्वयन गर्न परिपत्र गरेको थियो। तर सर्वोच्च अदालतले गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

नागरिकता विधेयक सतितिमा छलफल कै क्रममा रहेका बेला गृहमन्त्रालयले परिपत्र गरी नागरिकता वितरण गर्न निर्देशन दिएपछि समितिले पनि यसप्रति चासो राखेको हो। समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारको यो निर्णयप्रति आपत्ति जनाएका थिए। 

सरकारले गत साउन ४ गते नागरिकता विधेयक संसदमा दर्ता गराएको थियो। तर पनि दलहरुबीच सहमति जुट्न नसक्दा विधेयक समितिमै रोकिएको छ। 

प्रकाशित: २७ चैत्र २०७५ १२:१४ बुधबार

सर्वोच्च नागरिकता वंशज