भिडियो

'विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन अपूरो'

काठमाडौं-  विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपूरो र न्यायोचित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा सांसदहरुले विद्यमान ऐनले विदेशी लगानीको सीमा, प्रवेश तथा बहिर्गमन  छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति दिलाउन नसकेको बताए । 

सरकारले यहि चैत्र दोस्रो साता गर्न लागेको अन्र्तराष्ट्रिय लगानी सम्मेलनलाई लच्छित गरि ल्याइएको संशोधन ल्याएको हो । बैठकमा विदेशी लगानी सुरक्षित गराउने वातावरण नभएको भन्दै सांसदहरुले पहिले सुरक्षाको प्रत्याभूति दिलाउन जोड दिए। विदेशी कम्पनिलाई ल्याउदा साना तथा घरेलु नेपाली ब्यवसायी प्रभावित हुने तर्फ सचेत बन्न सांसदहरुले सुझाव दिएका थिए । 

रोजगारीमा गएका नेपालीलाई नै साना तथा घरेलु उद्योगमा लगानी गर्न दिनु पर्ने ब्यवस्था राख्नुपर्ने भन्दै सांसदहरुले साना तथा घरेलु उद्योगमा विदेशी प्रविधिलाई मात्र भित्र्याउनु पर्ने संसदहरुको भनाइ थियो।

प्रकाशित: ३० फाल्गुन २०७५ १४:३७ बिहीबार

विदेशी_लगानी कानुन अपुरो