काठमाडाैं- सरकार र राष्ट्रिय जनता पार्टी बीचको सम्बन्ध पुन: टाढिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा र सरकार बीचको सम्बन्ध टुटेको हो। संविधान संशोधन हुने आशा राख्दै केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिएको राजपाले औपचारिक रुपमानै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। अझ राजपा र सरकार बीचको सम्बन्ध त्यतिवेला टाढियो जतिवेला स्वतन्त्र मधेशको वकालत गर्दै आएका सिके राउतसँग सरकारले ११ बुँदे सहमति गर्यो।
थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट:
प्रकाशित: २७ फाल्गुन २०७५ १७:१६ सोमबार