भिडियो

विप्लब समूहको गतिविधिले निजीक्षेत्र निराश

गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई लुटेरा समुह भन्दै टिप्पणी गरेको केही घण्टा बित्न नपाउदै बसुन्धारामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विष्फोट भयो। यसको केही दिन अघि अर्थात् फागुन १० गते अघि एनसेलको कार्यालयमा समेत बम विस्फोट भयो। सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागि रहेका बेला राजधानीमा पछिल्लो समय श्रङ्खलाबद्ध रुपमा बम बिस्फोटका घटना भैरहदा यसले पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा चुनौती थपेको सन्देश दिएको छ।
थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: २७ फाल्गुन २०७५ १७:०४ सोमबार

विप्लब_समूह निजीक्षेत्र बम_बिस्फोट लगानी_सम्मेलन