भिडियो

अलपत्र काठमाडौँ भ्यु टावर कहिले बन्ला ?

भिडियो रिपोर्ट : बिश्वास खनाल 

काठमाडौँ उपत्यकाको दृश्वयावलोकन गर्न र काठमाडौँ महानगरपालिकाको आम्दानी बढाउन भन्दै पांच वर्षसम्म बनिसक्ने भनेर निर्माण शुरु गरिएको काठमाडौँ भ्यु टावर निर्धारित समयावधि बितिसक्दापनि अझै बन्न सकेको छैन ,यो अलपत्र अवस्थामा नै छ, काठमाडौँ महानगरपालिकाले भवन निर्माण समयमै सकाउन अनुगमन, नियमन, निर्देशन गर्न नसक्दा सहरको मुटुमै विकास निर्माणमा गम्भीर लापरबाही भएको देखिन्छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले पांच वर्षमा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीसंग  सहमति भए पनि काम पुरा नभएकाले सम्झौता रद्द गर्नेबारे छलफल चलिरहेको र छिट्टै निर्णय गर्ने जानकारी दिए ।
महानगरमा ठूला संरचना निर्माण हुनु  विकास निर्माणका हिसाबले राम्रो हो तर निर्माण गर्ने  जिम्मा पाएका ठेकेदारले निर्माण कार्य समयमै गर्न  नसक्दा र आलटाल गरिरहँदा योजनाहरु अलपत्र परिरहेका छन्, त्यसैको शिकार हुन पुगेको छ भ्यु टावर 
अलपत्र काठमाडौँ भ्यु टावर कहिले बन्ला ?

प्रकाशित: २१ माघ २०७५ ०५:३० सोमबार

भ्यु_टावर अलपत्र कहिले_बन्ला_?