काठमाडौँ - काठमाडाैंकाे सतुंगलमा आगलागी भएकाे छ। सतुंगलमा रहेकाे दीपक कपास उद्योगमा आगलागी भएको हाे।
आगलागी नियन्त्रणकाे प्रयास भइरहेकाे काठमाडौँ प्रहरी परिसरले जानकारी दिएकाे छ। विहिबार साँझ करिब साढे ७ बजेदेखि लागेकाे आगाे निभाउन उपत्यकामा रहेका तीनै जिल्लाका दमकल तथा पानी ट्याङ्करहरु समेत प्रयाेग गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।
आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले समेत प्रयास गरिरहेका छन्।आगलागीका कारण मानवीय क्षती भने नभएकाे र आगलागीकाे कारण समेत हालसम्म खुल्न नसकेकाे परिसरले जानकारी दिएकाे छ।
प्रकाशित: १९ पुस २०७५ १५:५० बिहीबार