भिडियो

यात्रामा रम्दै, सिक्दै युवतीहरु...

यात्राबाट किशोरीहरुलाइ शशक्तीकरण गर्ने भनेको सुन्दा तपाइ हामीलाइ केहि अचम्म पनि लाग्न सक्छ । यात्रा त तपाइ हामी सबैले गर्ने गर्दछौ । तर शशक्त हुने तरिकाले कतिले गरेका होलान् ? समान्य सोच, समान्य योजना र समान्य किशोरीहरु । यस्तै समान्य हुँदा हुदै कहिले काहि विशेष बन्ने गर्दछ ।

हिजोका किशोरी आजका युवती । यस्तै युवतीहरुले संचालन गरेको “यात्राद्वारा किशोरीहरुलाइ शशक्तीकरण” एउटा अभियान हो । 

महिला शशक्तीकरणका लागि सरकारी ,गैरसरकारी निकायबाट विभिन्न योजनाहरु संचालनमा रहीआएको छ । आजका किशोरी भोलीका शशक्त महिला र आमा पनि हुन् । कसरी किशोरीहरुलाइ शशक्त बनाउछन् । 

लिना जुबारेवा अहिले न्यूयोर्कमा बस्छिन् । यिनी जर्मनी हुन् । जव नेपाल आइन् । यहाँको सुन्दरताले यिनीलाइ पटक पटक नेपालमा तानिरह्यो । यिनीले नेपालका केहि युवतीहरुसँग मिलेर यो अभियानको स्थापना गरिन् । लिना साथीहरु सहित जव जव नेपाल आउछिन् यहाँको संस्कृतिमा निकै रमाउछिन् । नेपालमा मात्र होइन यिनीले विदेशमा समेत नेपालको प्र्चार गर्न पछि पर्दिनन् । 

नेपाल सरकारले २०२० लाइ पर्यटक वर्ष मनाउदै दुइ करोड पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । लक्ष्य अनुरूप विभिन्न शिर्षकमा बजेट समेत विनियोजन गरिएको छ । यि युवतीहरुको अभियानले थोरै भएपनि नघुमेका गाँउका किशोरीहरुलाइ शहर देखाउछन् । यहाँको रहनसहन देखाउछन. । शहरका किशोरीहरुलाइ गाँउको रहनसहन, सँस्कृति बुझाउछन् । 

प्रकाशित: २६ मंसिर २०७५ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App