भिडियो

कस्तो पुरुष महिलाको रोजाईमा पर्छ? (भिडियाे)

काठमाडौं– दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्।

नागरिक न्यूजसँगको अन्तर्वार्तामा डा. कोइरालाले भने, ‘सुन्दर देखिन– पहिलो शारीरिक स्वस्थता हुनुपर्छ, दोस्रो शारीरिक अनुपात मिल्नुपर्छ र तेस्रो कुरा मन सन्तोष हुनुपर्छ।’

विपरित लिंग (पछिल्लो समय समान लिंगसमेत)प्रति आकर्षण हुनु स्वाभाविक रहेको बताउँदै कोइरालाले भने, 'पुरुषले महिलाको सौन्दर्यलाई प्राथमिकता दिन्छ भने महिलाको रोजाईमा पुरुषमा सहनशिलता, साहस, विवेक, सुरक्षा र ख्याल राख्ने (केयरिङ) जस्ता कुरा पर्छन्।'

उनले सौन्दर्यशास्त्रका लागि दाँतको भूमिका अहम् हुने बताए। मानिसको हाँसोमा थुप्रै शोध गरेका उनले पूर्वीय दर्शनमा थुप्रै थरिको हाँसो बारे व्याख्या गरिएको बताए। पूर्वीय दर्शनको नाट्यशास्त्रमा १२ थरिको हाँसोको चर्चा गरिएको उल्लेख गर्दै कोइरालाले पश्चिमा जगतमा हाँसो सीमित तहमा रहेको जानकारी दिए।

कोइरालाका भनाईमा अमेरिकनहरु ज्यादा नक्कली हाँसो हाँस्छन्। आँखा नहाँसेको हाँसो नक्कली हाँसो हो।

सुन्दरता प्रति महिलाहरु ज्यादा सचेत रहने बताउँदै कोइरालाले भने, ‘महिलाले भनेपछि मात्र पुरुषमा सौन्दर्य चेत आउँदो रहेछ।’ उनले सौन्दर्यलाई बाहिर आउन दिनुपर्ने र गलत नियतलाई नियन्त्रण गर्न सक्नुपर्नेमा जोड दिए। ‘तपाईले राम्रो गुलाबको फूललाई राम्रो भन्न पाउनुपर्छ। तर त्यो पाउनेपनमा छाडापन हुनुभएन। सौन्दर्य हेर्नुस तर नियत खराब नराख्नुस्’, उनले सुझाव दिए। राम्रो चिजलाई हेर्नु गलत नभएको भन्दै तर त्यसको पछाडि लाग्नु चाँही गलत हुने उनको भनाई छ।

प्रकाशित: २४ आश्विन २०७५ १२:२४ बुधबार

दन्त_सौन्दर्य महिलाको_रोजाई सौन्दर्य_चेतना हाँसो