भिडियो

एकीकृत सूचना प्रणालीले वैदेशिक रोजगारीका वेथितिमा सुधार ल्याउला ? (भिडियो)

काठमाडौं- वैदेशिक रोजगारीमा अनेक समस्या छन्। धन कमाउने र परिवार पाल्ने आशमा विदेश जान खोज्ने र जाने युवाहरु दिनदिनै पीडित बन्नु पर्ने अवस्था छ। यहि समस्यालाई समाधान गर्न सरकारले रलामो समयदेखि माग हुँदै आएको वैदेशिक रोजगार सूचना व्यवस्थापन एकीकृत प्रणाली आगामी असोज १५ देखि कार्यान्वयनमा ल्याउँदैछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो प्रणालीको कार्ययोजना बनाइसकेको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सूचनामा सरकारी र गैरसरकारी निकायबीच अनलाइनमार्फत समन्वय गर्ने व्यवस्था यसमा मिलाइएको छ। यो प्रणाली कार्यान्वयनपछि वैदेशिक रोजगारीको क्षेत्रका समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। रकम लेनदेनलाई बैंकिङ सिस्टममा लगिएको छ।

वैदेशिक रोजगार विभागको नियन्त्रणमा रहने प्रणालीले अध्यागमन, राहदानी विभागका साथै विदेशस्थित कूटनीतिक नियोग र कन्सुलर शाखाको सूचनामा पहुँच राख्ने बताइएको छ। यस्तै कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर, स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल तथा अभिमुखीकरण संस्थाले समेत अबदेखि अनलाइनबाटै आर्थिक कारोबार र आफ्ना सेवा प्रदान गर्नुपर्नेछ।

वैदेशिक रोजगारीलाई मर्यादित र पारदर्शी बनाउन गतिलो व्यवस्थित प्रणाली आवश्यक रहेको बेला मन्त्रालयले सुरु गरेको उक्त प्रणालीलाई जसरी पनि कार्यान्वयनमा लैजानुपर्ने धेरैको माग छ।

 

 

 

 

प्रकाशित: २७ भाद्र २०७५ ११:४१ बुधबार

वैदेशिक_रोजगार सूचना_प्रणाली