भिडियो

सहकार्य नहुँदा सम्पदा जोखिममा (भिडियो रिपोर्ट)

बसन्तपुर दरवार क्षेत्रमा रहेको भूकम्पपछिको त्रैलोक्यमोहन मन्दिर। फाइल तस्बिर

भूकम्पमा भत्केका पुराना संरचनाको पुनर्निर्माणले अझै गति लिएको छैन्।त्रिपाल र जस्ताले छोपेर राख्दा ऐतिहासिक सम्पदा अलपत्र परेका छन्। रानीपोखरी, काष्ठमण्डप र धराहराको निर्माण प्रक्रिया अनेक किचलोका कारण अघि बढेको छैन।

बसन्तपुर हनुमान ढोका क्षेत्रमा रहेका कतिपय मठ–मन्दिरहरू पुनर्निर्माणको प्रक्रियामा छन् भने कतिपय त्यसको पर्खाइमा छन्।सरोकारवाला निकायबीच सहकार्य हुन नसक्दा सम्पदाको उचित पुनर्निर्माण र वास्तविक स्वरुपमा फर्कने कुरामा आशंका बढेको छ।

१८ औं शताब्दीमा निर्माण भएको त्रैलोक्य मोहन मन्दिरको पुनर्निर्माणको ठेक्का प्राकृतिक सानो सुवाल र  एसपी कन्स्ट्रक्सनलाई संयुक्त रूपमा दिइएको छ।

कुल ३ करोड ३१ लाख ८४ हजार ५६२ लागतमा पुरातत्व विभागले एकलौटी रूपमा ठेक्का दिंदा मन्दिरको स्वरूप बिग्रने हो कि भन्ने चिन्ता स्थानीयमा छ। विष्णु लामिछानेले तयार पारेको भिडियो रिपोर्टः

प्रकाशित: ७ असार २०७५ ०९:३४ बिहीबार

सहकार्य नहुँदा सम्पदा जोखिममा भिडियो रिपोर्ट