प्रविधि

नोकिया सी २० स्टनिङ ११ हजारमा

एचएमडी ग्लोबल होम अफ नोकिया फोन्सले नविनतम सी–सिरिज स्मार्टफोन नोकिया सी २० को लन्च गरेको छ। लाइफ इज टू बी लिभ्ड, नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइडको मूल्य ११ हजार रूपैयाँ तोकिएको छ। 

एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाएको कम्पनीको दाबी छ। यसको अल्ट्रा–हाई भ्यालू प्राइस प्वाइन्ट र स्ट्यान्डर्डको रूपमा दुई वर्षको फ्री सेक्युरिटी अपडेटले उपभोक्तालाई मानसिक शान्ति प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यसमा पाँच एमपीको फ्रन्ट र रियर क्यामेरा तथा अगाडि, पछाडि दुवै एलइडी फ्लास छ।

६.५ इन्चको एचडी प्लस स्क्रिन र तीन हजार एमएएच ब्याट्री यसको थप विशेषता हुन्। यो फोनमा एप्लिकेसन खोल्न, फोटो र भिडियो खोज्न तथा सेयर गर्न छिटो र सजिलो हुने दाबी गरिएको छ। दुई वर्षका लागि सुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सले फोनलाई सुरक्षित राख्ने कम्पनीको भनाइ छ। यो फोन स्यान्ड र डार्क ब्लू रंगमा उपलब्ध छ।

प्रकाशित: २१ जेष्ठ २०७८ ०४:५७ शुक्रबार

नोकिया सी २० स्टनिङ