प्रविधि

कन्टेन्ट क्रिएटरको अनौठो पारपाचुके

मानौं, तपाईं र तपाईंकी जीवनसाथीको संयुक्त टिकटक खाता छ। त्यो खातामा संयुक्त रूपमा कन्टेन्ट बनाएर तपाईंहरूले राम्रै कमाई गरिरहनु भएको छ। तर अकस्मात जीवनमा नयाँ मोड आउँछ। यो मोडमा दुई जनाको जीवन अलग हुन पुग्छ।  यस्तोमा टिकटकको खातामा कसको अधिकार हुन्छ रु केटाको कि केटीको रु

हालै अमेरिमामा टिकटक कन्टेन्ट बनाउने क्याट र माइक स्टिकलरले पारपाचुकेका लागि अदालतमा निवेदन दिँदा यी दुईबीच सम्पत्तिको बाँडफाँडमा भन्दा टिकटक खातामा कसको अधिकार हुने भन्नेबारे बढी बहस हुन पुगेको छ।  

हुन पनि टिकटक खाताको नाम नै माइक एन्ड क्याट छ। उनीहरूको यही नाउँमा युट्युब खाता पनि छ।  ती दुवैमा यिनको चालीस लाखभन्दा बढी फलोअरहरू छन्।  जब यी दुईको पारपाचुके हुने पक्का भयो, ती दुई खातामा कसको अधिकार रहने हो भन्नेबारे चर्को छलफल हुन पुग्यो।  उनीहरूको खातालाई लिएर एकअर्कामा भनाभन, लुछाचुँडीको स्थिति आयो, न्यायाधीश रनभुल्लमा परे।  

सामाजिक सञ्जालमार्फत किनमेल गर्ने र पैसा तिर्ने कुरा पुरानो भइसक्यो।  यहाँबाट कमाउने र यसैबाट जीविकोपार्जन हुने भइसकेपछि लाखौँ फलोअर भएका सामाजिक सञ्जालको मूल्य अन्य कुराभन्दा बढी हुनु स्वाभाविक हो।  न्यायाधीशसँग २९ वर्षीया क्याटले भनेकी थिइन्, ‘यो टिकटक खाता मेरो भागमा पर्‍यो भने दिनदिनै फलोअर बढ्छ। उसको भागमा पर्‍यो भने घट्छ । यसले दुवैलाई घाटा हुन्छ ।’ न्यायाधीशले क्याटकै खातामा टिकटक हालिदिए। लगत्तै  टिकटकका फलोअर एक करोड पाँच लाख पुगे । माइकको भागमा युट्युब अकाउन्ट परे पनि अहिले यो निष्क्रिय बन्न पुगेको छ।  

अमेरिकामा अहिले दुई करोड ७० लाख कन्टेन्ट सर्जकहरूले सामाजिक सञ्जालबाट पैसा कमाइरहेका छन् । यसको अर्थ, ४४ प्रतिशतले सामाजिक सञ्जाललाई पूर्णकालीन कामका रूपमा उपयोग गरिरहेका छन्। धेरै फलोअर भएकाले कमाउँदैनन्, ती फलोअर प्रयोग गरेर विज्ञापनदाताहरूबाट पैसा कमाइन्छ। सन् २०२३ मा कन्टेन्ट क्रिएटरलाई विज्ञापकहरूले २६ अर्ब डलर तिरेका थिए ।  

प्रकाशित: ९ कार्तिक २०८१ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App