प्रविधि

एचबिओका सामाजिक सन्जाल अकाउन्ट ह्याक

काठमाडौं—अमेरिकी केबल तथा स्याटेलाइट च्यानल होम बक्स अफिस (एचबिओ) का सामाजिक सन्जाल अकाउन्टहरु ह्याक भएका छन्। आवर माइन नाम गरेको ह्याकर समूहले एचबिओका फेसबुक तथा ट्विटर अकाउन्ट ह्याक गरेको हो।

ह्याकरले सामाजिक सन्जाल अकाउन्ट कब्जामा लिएपछि लेखेको छ, 'आवर माइन यहाँ छ। हामी तिम्रो सुरक्षा जाँच गरिरहेका छौं।'

ह्याकरले एचबिओको टिभी सिरिज गेम अफ थ्रोन्सका दुई एपिसोड र कम्पनीका तथ्यांकहरु सार्वजनिक गरिदिएको छ। कम्पनीको आधिकारिक अकाउन्टबाट केही पोष्टहरु तत्कालै डिलिट गरिएको छ।

आवार माइन हाइ प्रोफाइलहरुको ट्विटर अकाउन्ट ह्याक गर्न कुख्यात छ।

प्रकाशित: १ भाद्र २०७४ ११:०६ बिहीबार

एचबिओका सामाजिक सन्जाल अकाउन्ट ह्याक