प्रविधि

अाधुनिक प्रिविधका लागि अाेप्पाेलार्इ विभिन्न पुरस्कार

काठमाडौं–मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्ल्यूसी) २०१७ मा अवलोकनकर्ता माझ ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधि सार्वजनिक गरिएको अाेप्पाेले जनाएकाे छ। उक्त आधुनिक प्रविधिबारे चर्चा शुरु भएको छ। 

यो प्रविधिका लागि ओप्पोलाई बेस्ट अफ एमडब्ल्यूसी, कुलेस्ट अफ एमडब्ल्यूसी, टप ईन्नोभेष्ट (उत्कृष्ट नवप्रबर्तन) लगायतका अवार्ड प्राप्त भएको कम्पनीले जनाएको छ।  

प्रविधि केन्द्रित लेख प्रकाशित गर्ने वायर्ड एक मासिक अमेरिकी म्यागेजिनल म्यागेजिनले ओप्पोलाई ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि ‘कुलेस्ट अफ एमडब्ल्यूसी अवार्ड’प्रदान गरेको छ। 

एण्ड्रोइड अथोरिटी नामक प्रकाशन गृहले ओप्पोलाई  ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि बेष्ट अफ एमडब्ल्यूसी २०१७ प्रदान गरेको छ। स्टफ नामक म्यागेजिनले ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिलाई ‘द लुक–बट–डन्ट–टच अवार्ड फर कुल टेक’ नामक पुरस्कार प्रदान गरेको छ। 

उबरगिज्मो डट कम नामक प्रविधि साइटले वेब्बि अवार्डद्वारा बेष्ट अफ एमडब्ल्यूसी २०१७ उपाधी प्रदान गरेको कम्पनीले जनाएको छ। 

टाइपेइमा रहेको मोबाइल गिक्स नामक प्रकाशनले बेष्ट अफ एमडब्ल्यूसी २०१७ र  लोभाकियाको साइट टेकबक्स डट एसकेले ओप्पोलाई टप इन्नोभेसन एमडब्ल्यूसी २०१७ द्वारा सम्मान गरेको कम्पनीले जनाएको छ। 

 

प्रकाशित: २४ फाल्गुन २०७३ ११:४३ मंगलबार

अाधुनिक प्रिविधका लागि अाेप्पाेलार्इ विभिन्न पुरस्कार