प्रविधि

सेल्सफोर्सले ट्विटर खरिदको होडबाट हात झिक्यो

क्यालिफोर्निया–सेल्फोर्सले समाजिक संजाल ट्विटरको खरिदको प्रक्रियाबाट हात झिकेको छ। सेल्सफोर्सका सिइओ मार्क बेनिओफले फाइन्यान्सियल टाइम्स नामक पत्रिकासँग कुरा गर्दै आफ्नो कम्पनी ट्विटर खरिद गर्न इच्छुक नभएको बताएका छन्। उनले भने, ‘सेल्सफोर्स ट्विटर खरिद गर्न इच्छुक छैन र यस होडबाट हामीले हात झिकेका छौं।’

सेल्सफोर्सले ट्विटरको खरिदको प्रक्रियाबाट हात झिकेसँगै टिवटरको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आउँदै १६.६० डलरमा झरेको छ भने  सेल्सफोर्सको शेयर मूल्य भने ६ प्रतिशतले वृद्धि भई ७४ डलरमा पुगेको छ।  यस अघि गुगल , एप्पल र बाल्ट डेस्नीले समेत ट्विटरको खरिद प्रक्रियाबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो। यससँगै ट्विटर सेल्सफोर्सले खरिद गर्न अनुमान गरिएको थियो ।
 

 

प्रकाशित: १ कार्तिक २०७३ ०७:२२ सोमबार

सेल्सफोर्सले ट्विटर खरिदको होडबाट हात झिक्यो