प्रविधि

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ।

ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ । त्यस्तै १ वर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले ३ महिनासम्म आइपी टिभी निःशुल्क हेर्न पाउने छन् । वाइफाई राउटर लिन चाहने ग्राहकले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । इन्टरनेट सेवा छाड्दा उक्त धरौटी रकम फिर्ता पाइने कम्पनीले जनाएको छ ।  

वार्षिकोत्सवका अवसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा आउने सेवाग्राहीले उक्त हटस्पटबाट निःशुल्क वाइफाई प्रयोग गर्न पाउने बताए । वर्ल्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ भने नयाँ सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३ आश्विन २०७३ ०९:०४ सोमबार

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट