प्रविधि

भाइबारबाट असोज ३ गतेसम्म निःशुल्क कल

काठमाडौं— भोइस ओभर आइपी एप भाइबरले नेपालबाट ५२ देशमा निःशुल्क फोन गर्न पाउने योजना ल्याएको छ। राति ८ देखि १० बजेसम्म दुई घन्टुम्म भाइबर आउटबाट ५२ देशका जिएसएम मोबाइल वा ल्यान्डलाइनमा १० मिनेटसम्म कुरा गरेको पैसा लाग्ने छैन।

पछिल्लो समयमा नेपालमा भाइबरले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको भाइबरले असोज ३ (सेप्टेम्बर १९) सम्मका लागि नयाँ योजना ल्याएको हो। इन्टरनेट कनेक्सन भएको डिभाइसमा मात्र भाइबरले काम गर्छ। यो योजनामा सहभागी हुन स्मार्टफोन, ट्याब वा कम्प्युटरमा नेट कनेक्सन अनिवार्य हुनुपर्नेछ।

निःशुल्क कल गर्न पाइने देशहरु 

अस्ट्रेलिया, बाङ्गलादेश, बहाराइन, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ रहेका छन्। यसैगरी मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएतनाम देशमा निःशुल्क कल गर्न सकिनेछ।

प्रकाशित: २४ भाद्र २०७३ ०७:४८ शुक्रबार

भाइबारबाट गतेसम्म निःशुल्क कल