प्रविधि

सुबिसु क्यान कमटेक भदौ २३ देखि

काठमाडौं– सुबिसु क्यान कमटेक–२०१६ यही भदौ २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। मेलामा नयाँ प्रविधिको प्रदर्शन तथा यस क्षेत्रमा भएका विकास र विस्तारमा सहयोग पुर्याउने आयोजकले जानकारी गराएको छ। सो प्रर्दशनीबाट प्रविधिसम्बन्धी आवश्यक नयाँ रणनीति निर्माणमा सार्थक अन्तक्रिया गर्नेसमेत जनाएको छ ।

इन्फरमेसन, कम्युनिकेसन र टेक्नोलोजीको प्रदर्शनीमा प्लाटिनम स्पोन्सरमा वेभसर्फर, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा जेडटिई स्मार्ट फोनलगायत इलेक्ट्रोनिक्स सामग्री बिक्री वितरण गर्ने व्यावसायिक संस्था रहने बताइएको छ । सामसङको सहयोगमा आयोजना हुने मेलामा सयवटा स्टल रहने आयोजकले जनाएको छ । मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, पेमेन्ट सोलुसन्स लगायतका स्टल रहने बताइएको छ ।

मेलामा १ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । त्यस्तै क्यानले आगामी असोज १४ देखि १८ गतेसम्म कैलाली र असोज १० देखि १९ गतेसम्म मकवानपुरमा सो मेला हुने जानकारी दिएको छ ।
 

प्रकाशित: १६ भाद्र २०७३ ०९:२२ बिहीबार

सुबिसु क्यान कमटेक २३