प्रविधि

फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर परिमार्जन गर्यो

क्यालिफोर्निया–विश्वको चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो टे«ण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर ल्याएको छ ।

फेसबुकले परमार्जित नयाँ फिचर अनुसार अब इडिटोरियल स्टाफले टे«ण्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन्। यसै वर्षको सुरुवातमा फेसबुकलाई पुराना धारणाहरुलाई दबाएको र रिपब्लिकनलाई प्रोत्साहन गरेका आरोप लाग्दै आएको थियो ।

विगतमा फेसबुकमा काम गरिसकेका एक पत्रकारले फेसबुकले आफ्नो स्वार्थका लागि पुराना धारणा तथा सोच राख्ने खालका न्युज फिचरलाई दबाउने गरेको आरोप लगाएका थिए।

यता फेसबुकले ब्लगमा पोस्ट गर्दै आफूहरुले गरेको आन्तरिक अनुसन्धाले आफ्नो टे«ण्डिङ फिचरमा कुनै खराबी आएको तथ्य फेला नपरेको जनाएको छ।

 फेसबुकले भनेको छ, ‘हामी हाम्रो टे«ण्डिङ फिचर परिमार्जन गर्दैछौं यसबाट प्रयोगकर्ताले धेरै टे«ण्डिङ भएका न्युज फिचर हेर्न सक्ने छन् र आफूले चाहे अनुसार टे«ण्डिङ टपिक बनाउन सक्नेछन्।’ उसले आफ्ना कर्मचारीहरु प्रयोगकर्ताले पोस्ट गरका फिचर समाचार भए–नभएको बारेमा अनुगमन गर्न सँधै तयारी अवस्थामा रहने जनाएको छ।

फेसबुकले भनेको छ, ‘फेसबुक आफ्ना विचार तथा धारणाहरु शेयर गर्ने एक उत्तम प्याटफर्म हो, यसबाट प्रयोगकर्ताले आफूले चाहेको विषयमा छलफल गर्नुका साथै धेरै भन्दा धेरै जानकारी हात पर्न सक्नेछन्।’

 

प्रकाशित: १२ भाद्र २०७३ ०७:५९ आइतबार

फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर परिमार्जन गर्यो