प्रविधि

टिनएजलाई लक्षित गर्दै फेसबुकले ल्यायो ‘लाइफस्टेज एप’

एजेन्सी –विश्वको चर्चित सामाजिक संजाल फेसबुकले विद्यालयमा अध्यनरत आफ्ना टिनएज प्रयोगकर्तालाई लक्षित गर्दै ‘लाइफस्टेज एप’ ल्याएको छ । हाल अमेरिकाका विद्यालय उमेर समूहका प्रयोगकर्ताकालागि मात्र उपलब्ध उक्त एपमा उनीहरुले फोटो तथा भिडियो पोस्ट गर्नसक्ने र प्रयोगकर्ताले पोस्ट गरेका सामाग्री जो कोहिले पनि हेर्न पाउने फेसबुकले जनाएको छ।  हाल एप एप्पलको डिभाइसमा मात्र उपलब्ध छ।

लाइफस्टेज एपबाट सन्देश पठाउन नमिल्ने तर स्न्याप च्याट र इन्स्ट्राग्राम जस्ता अन्य सामाजिक संजालमा भएको कन्ट्याक्ट भने हेर्न सकिने फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ। तर केही विज्ञहरुले भने लाइफस्टाइल एपमा पोस्ट गरिएका सामाग्रीहरु जो कोहीले पनि हेर्न सक्ने भएकाले यसले प्रयोगकर्ताको ध्यान खिच्न नसक्ने बताएका छन्।

 

प्रकाशित: ८ भाद्र २०७३ ०६:२० बुधबार

टिनएजलाई लक्षित गर्दै फेसबुकले ल्यायो लाइफस्टेज एप