प्रविधि

भेरिजोन याहु किन्न सहमत

अमेरिका –अमेरिकी टेलकम जायन्ट भेरिजोन कम्युनिकेशन सामाजक संजाल याहु सर्च किन्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

संचार माध्यमका अनुसार भेरिजोनले याहु सर्च ५ मिलियन डलरमा किन्न सहमत भएको हो। यी दुई कम्पनीबीच गत शुक्रबार दुई पक्षीय सम्झौताकालागि छलफलमा भएको थियो। अमेरिकी कम्पनी याहुले गत फेब्रुअरीमा आफूहरु स्ट्राटेजिक विकल्पको खोजीमा  रहेको बताएको थियो। भेरिजोनले भने यसबारे सूचना दिन अस्विकार गरेको छ ।

केही वर्ष पहिलादेखि याहुलाई समसामायिक हिसाबमा अघि बढ्न सकेको आरोप लाग्दै आएको छ ।गत हप्ता एक रिपोर्टले याहु ४ सय ४० मिलियन डलर घाटामा रहेको देखाएको थियो।

केही समय पहिले इन्टरनेटका विज्ञ कोलिन गिलिसले याहु स्पष्ट रुपमा घाटामा रहेको र विकल्पको खोजीमा रहेको बताएका थिए । उनले भनेका थिए,  ‘हामी ५ विलियन हाराहरीको कुनै पनि सम्झौताको स्वागत गर्दछौं।’
यस सम्झौता बारे औपचारिक घोषणा आगामी सोमबार हुने विस्वास गरिएको छ ।

 

प्रकाशित: १० श्रावण २०७३ ०६:५६ सोमबार

भेरिजोन याहु किन्न सहमत