प्रविधि

बेलायती माझ डेटिङ एप लोकप्रिय

लण्डन –बेलायतमा गरिएको एक सर्वेक्षणले बेलायतीमा डेटिङ एपको प्रयोग गर्ने क्रम बढेको देखाएको छ।  सर्वेक्षणमा सहभागी मध्य एकतिहाई मानिसले आफै गर्लफ्रेन्ड तथा व्वाईफ्रेन्ड खोज्नु भन्दा पनि स्मार्टफोनमा भएको डेटिङ एपको प्रयोग गरी सम्भावित पार्टनर खोज्न सहज हुने बताएका थिए।

उनीहरुले यसकालागि सामाजिक संजाल फेसबुक, इन्ट्राग्राम,वाट्स एप तथा स्न्याप च्याटको प्रयोग गर्ने पनि बताएका थिए। यसले मानिसमा प्रविधिको रुची बढेको पनि देखिएको छ।

डोमान्डस् पिज्जाले गरेको उक्त सर्वेक्षणमा एक हजार जना सहभागी  भएका थिए। सहभागीहरुले पहिलो डेटिङका रुपमा क्याफे वा रेस्टुरेटमा कफी तथा कोल्ड ड्रिक्सका लागि भेट्न सहज हुने बताएका थिए। सहभागीहरुले टिन्डर र बुम्बल जस्ता डेटिङ एपको प्रयोग गरेको बताएका थिए।

 

प्रकाशित: ६ श्रावण २०७३ ०६:१५ बिहीबार

बेलायती माझ डेटिङ एप लोकप्रिय