खेल

नेपाल बलिङ गर्दै

युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपालको यस निर्णयसँगै युएईले सुरुवातमा ब्याटिङ गर्दैछ।

नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ। तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच  १–१ को बराबरीमा रहेको छ।

सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने  दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो।

प्रकाशित: २ मंसिर २०७९ ०४:१४ शुक्रबार