खेल

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै लिभरपुलले अर्को चरणमा स्थान बनाएको हो।

खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।पेनाल्टीमा लिभरपुलका हार्भे इलियट, डार्विन नुनेज र एलेक्स चेम्बरलिनले गोल गरे। रोबर्टो फिर्मिन्हो र स्टेफानले गोल गर्न सकेनन्।

काउन्टीका लुइ सिब्ले र डाभिड  म्याकगोल्ड्रीकले गोल गर्दा लेविस डोबिन, क्रेग र कोनोरले गोल गर्न सकेनन्।

प्रकाशित: २४ कार्तिक २०७९ ०२:५९ बिहीबार

लिभरपुल काराबाओ कप फुटबल