खेल

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ।  

जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी आज अदालतमा मुद्दा दर्ता गर्ने भएको हो। २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ।

उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ। प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ। आज मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ।

प्रकाशित: १४ कार्तिक २०७९ ०१:४१ सोमबार

क्रिकेटर सन्दीप लामिछाने