खेल

एथ्लेटिक्समा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पीयन बनेको छ। आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो।

एथ्लेटिक्समा च्याम्पीयन बनेको आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो। शसस्त्र प्रहरी बलको एपीएफ क्लवले १० स्वर्ण, १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोश्रो स्थानमा रहँदा नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जित्दै तेश्रो, वागमती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थान सुरक्षित ग¥यो

त्यस्तै, लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य पदक र गण्डकी प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्यो। कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत र सुदूरपश्चिम प्रदेशले १ कास्य पदक जित्यो।

प्रकाशित: ३ कार्तिक २०७९ ११:३३ बिहीबार

नवौं राष्ट्रिय खेलकुद