खेल

जुडोमा आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पियन बनेको छ। आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्याम्पियन भएको हो।  आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ र पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते। टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ।

नेपाल पुलिस क्लवले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्णसँगै ३ रजत  र ८ कास्य पदक जित्यो।

वागमती प्रदेशले २ रजत र ७ कास्यसहित कुल ९ पदक, लुम्बिनी प्रदेशले १ रजत र ३ कास्यसहित ४ पदक, मधेश प्रदेशले १ रजत र २ कास्यसहित ३ पदक, एपीएफले १ रजत, १ कास्यसहित २ पदक र प्रदेश नम्बर १ ले ३ कास्य जितेको छ।

सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ। कर्णाली प्रदेश र एनआरएनएले १÷१ कास्यमा चित्त बुझाए। घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन। जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो।

पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा नेपाल पुलिसका उमेश मगर, ६६ केजीमुनि तौल समूहमा नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि तौल समूहमा नेपाल आर्मीका अनिल बलामी, ८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारु, ९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतो, १०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्द र १०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जिते।

महिलातर्फको ४८ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी सुमित्रा राई, ५२ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी देविकामाया श्रेष्ठ, ५७ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधान, ६३ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी लिला अधिकारी, ७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठ, ७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दीपा गुरुङ र ७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक जिते।

प्रकाशित: ३ कार्तिक २०७९ ११:२३ बिहीबार

नवौं राष्ट्रिय खेलकुद