खेल

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

गण्डकी प्रदेशमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।

आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा कार्यक्रमसहित समापन गरिनेछ।  

समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ।  

नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०७९ ०१:५६ बिहीबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता