खेल

पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ। आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो।

एनआरएनए नौ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदकसहित दोस्रो र एपिएफ तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदकसहित तेस्रो भयो। प्रतियोगिताको अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ। महिला ४०० मिटर फ्रिस्टाइलमा दुवाना लामाले स्वर्ण जितकी छन्। उनले चार मिनेट ४३.९२ सेकेण्डमा उक्त दूरी पार गरेकी हुन्। पुलिसकी मिगन गुरुङले पाँच मिनेट ४.३८ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जिते भने बागमती प्रदेशकी टिसा मर्हनले पाँच मिनेट ७.३६ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पारिन्।  

 त्यस्तै पुरुष चार सय मिटरमा एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते। उनले चार मिनेट ३५।३६ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। प्रदेश १ का प्रारम्भ भण्डारीले पाँच मिनेट १२.०९ सेकेण्डमा पूरा गर्दै रजत पदक जितेभने एपिएफका सुरेनबहादुर सिंहले पाँच मिनेट १२.१५ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पारे। त्यसैगरी महिला एक मिटर बेष्टस्टोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुका साथै नयाँ कीर्तिमान पनि कायम गरेकी छन्।  

आर्मीकै उपस्ती मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पूरा गर्दै रजत र नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पारेकी छन्।

प्रकाशित: २ कार्तिक २०७९ ०८:१४ बुधबार

नवौंँ राष्ट्रिय खेलकुद