खेल

महिला भलिबलः बागमती र सशस्त्र प्रहरी सेमिफाईनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन्। सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।  

भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा सशस्क्रले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो। बागमतीले सुदुर पश्चिमलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ। बागमतीले सुदर पश्चिमलाई २५–१२, २५–१५ र २५–२३ को सेटमा पराजित गरेको थियो। त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब बीच हुने छ र गण्डकी प्रदेशले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्ने छ।  

प्रकाशित: ३१ आश्विन २०७९ ०७:३३ सोमबार

महिला भलिबल नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता