खेल

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। थापाको यो ह्याट्रिक पदक हो। उनले सातौ, आठौंमा समेत स्वर्ण पदक जितेका थिए।  

निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए। तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे। तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते।बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते।  

प्रकाशित: ३१ आश्विन २०७९ ०७:२५ सोमबार

नवौं राष्ट्रिय खेलकुद स्क्वास