खेल

बुद्धिचालमा रुपेश, सुजना र आशिषको अग्रता

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा शुरु भएको बुद्धिचाल प्रतियोगिताको खुल्ला तथा महिला तर्फको दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ। 

खुल्ला क्लासिकल इभेन्ट तर्फको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालको अग्रता कायमै रहेको छ। उनले क्लासिकल इभेन्टको तेस्रो चरण सकिदासम्म ३ अंक जोड्न सफल भएका हुन्। प्रतियोगितामा बाग्मती प्रदेशका आशिष फुया्लले पनि ३ अंक जोड्न सफल भएको निर्णायक दिपेश गिरीले जानकारी दिए।

त्यस्तै नेपाल प्रहरीका क्षितिज भण्डारीले पनि तेस्रो चरणसम्म आइपुग्दा ३ अंक जोडेका छन् भने त्रिभुवन आर्मी क्लबका सजिन महर्जनले २ दशमलव ५ अंक जोड्नु भएको उनले बताए। प्रतियोगिता अन्र्तगत महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुदाँ त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी, प्रदेश नम्बर १ की खेलाडी खुस्बु थापाले अग्रता लिएका छन्। लोहनीले तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भईसक्दा ३ अंक जोडेका छन्। त्यस्तै प्रदेश नम्बर १ की खेलाडी थापाले पनि अंक ३ प्राप्त गरेका छन्। 

प्रतियोगितामा गण्डकी प्रदेशकी पुजा भण्डारीले ३ अंक जोड्दै आफूलाई बलियो दावेदारीको रुपमा प्रस्तुत गरेका छन्। प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले २ दशमलव ५ अंक जोड्नु भएको निर्णायक गिरीले जानकारी दिए।

प्रकाशित: २९ आश्विन २०७९ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App