खेल

भारतले जित्यो टी-२० महिला एसिया कप क्रिकेटको उपाधि

भारतले टी-२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ।  

बंगलादेशको सिलेट अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। श्रीलंकाले दिएको ६६ रनको लक्ष्य भारतले ८ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

भारतको जितका लागि स्मृति मन्धनाले नटआउट ५१ रन बनाइन्। कप्तान हरमनप्रीत कौरले पनि नटआउट ११ रन बनाइन् भने सेफाली बर्माले ५ र जेमिमा रोड्रिगेज २ रन जोडिन्।

श्रीलंकाका लागि कभिसा दिलहरि र इनोका रुनावाराले समान १/१ विकेट लिए। त्यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ६५ रन बनायाे।

श्रीलंकाका लागि इनोका रुनावाराले अविजित १८ रन बनाइन्। ओशडी रानासिंगाले १३ रन जोडिन्।भारतका लागि रेनुका सिंहले ३ तथा राजेश्वरी गायकवाड र स्नेहा रानाले समना २/२ विकेट लिए ।

अहिलेसम्म महिला एसिया कप ८ पटक भएको छ। भारतले एउटा संस्करणमा मात्र उपाधि हात पार्न सकेको छैन। 

प्रकाशित: २९ आश्विन २०७९ १०:३५ शनिबार

टी-२० महिला एसिया कप