खेल

साइक्लिङ डाउनहिलमा आर्मीकी निष्मा र आर्मीकै राजेशलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला साइक्लिङ डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीकी निष्मा श्रेष्ठ २ मिनेट २३.५८ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितिन्।

पोखराको रानीबनमा आयोजित साइक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन्। उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पूरा गर्दै रजत पदक प्राप्त गरिन्। गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन्।

यसैगरी पुरुष तर्फको डाउनहिल  प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले १ मिनेट ४९.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका छन्। यसैगरी बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा पूरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बलका प्रतिक थापामगरले १ मिनेट ५५.६९ सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते।

प्रकाशित: २९ आश्विन २०७९ १०:०१ शनिबार

नवौं राष्ट्रिय खेलकुद साईक्लिङ