खेल

महिला क्रिकेटः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

प्येलर अफ दि म्याच नेरी थापा

मधेश प्रदेशलाई २८ रनले पराजित गर्दै सशस्त्र प्रहरीबल नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जितेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरीले निर्धारित २० ओभरमा ममता चौधरीले अविजित १७ रनका योगदानमा १०१ रनको योगफल तयार पार्‍याे। पहिलो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा गुमाएको सशस्त्रलाई राजमती ऐरीले १६ रनको इनिङ्स खेलिन्।

सरिता मगर शून्यमै आउट भइन्। नेरी थापाले १२, ज्योति पाण्डेले १५ रन बनाइन्। सरस्वती चौधरीले ३, कविता गौतम र शान्ती चौधरीले समान २/२ विकेट लिइन्। १०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश ७४ रनमै समेटियो।

अनुराधा चौधरीले ११ रन बनाइन्। उनले १६ बल खेल्दै २ चौका हिर्काइन्। सरस्वती चौधरीले केवल १३ रनको योगदान गरिन्। उनले १५ बलमा एक चौका सामेल रह्यो। कविता गौतम अविजित १३ रनमा रहिन्। नेरी थापाले ३ विकेट लिइन्। उनी खेलको प्येलर अफ दि म्याच घोषित भइन्।  

प्रकाशित: २९ आश्विन २०७९ ०७:२० शनिबार

महिला क्रिकेट नवौं राष्ट्रिय खेलकुद