खेल

नवौं राष्ट्रिय खेलकुदः आर्मीको सहज जित

त्रिभुवन आर्मी र लुम्बिनीका खेलाडी बल नियन्त्रणको प्रयासमा। तस्बिरः उमेश पुन÷नागरिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।  शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ।

आर्मीका लागि पहिलो गोल दिनेश हेमजनले पहिलो गोल गरे। उनले खेलको १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए।

दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्यो। दिपसन ठकुरीको अत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो। जर्र्जप्रिन्स कार्कीले आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाव बनाए। उनले ४७ औं मिनेटमा गरेका थिए। लुम्बिनीले ५० औं मिनेटमा चेतन थारुको गोलबाट खेलमा फर्किने प्रयास गरे। तर थपिएको दुईमिनेटमा (९० प्लस २) मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए।

प्रकाशित: २८ आश्विन २०७९ ११:४३ शुक्रबार

नवौं राष्ट्रिय खेलकुद त्रिभुवन आर्मी क्लब लुम्बिनी प्रदेश