खेल

महिला क्रिकेटः एपीएफ र मधेश प्रदेश बिजयी

नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश बिजयी भएका छन्। विहीबारको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएका हुन्।

विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो। पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त गर्‍यो। एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन। इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन्।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनैपनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन्। श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो।

एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन्। त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १–१ किवेट लिए। गण्डकीका श्रृष्टी जैशिले १ विकेट लिइन्। जितसंगै एपीएफ ग्रुप ए को शिर्षस्थानमा पुगेको छ। एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ।

विहीबार भएको दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै बिजयी भयो। पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार गर्‍यो। ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश बिजयी भएको हो। विहीबारको खेलमा मधेश प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भईन्। उनले मधेशका लागि ३५ रनको योगदान दिईन्। त्यस्तै गोमा आलेले १० रन बनाईन्। मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान २-२ विकेट हत्याए।

सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए।

प्रकाशित: २७ आश्विन २०७९ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App