खेल

पुरुष हक्कीः उदघाटन खेलमा आर्मीसँग गण्डकी पराजित

नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ।

गण्डकी प्रदेशले उदघाटन खेल त्रिभुवन आमीलाई ४–० गोल अन्तरको नजिताले सुम्पिदैं शुरुवात गरेको छ। पहिलो क्र्वाटरमै पछि परेको गण्डकी प्रदेश खेल सकिदाँ फराकिलो हार व्यहोर्न पुग्यो। नौ मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए। दोस्रो गोल पनि उनैले गरे। २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाए।

३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेपछि आर्मी ३–०ले अगाडि बढ्यो। अन्तिम गोल भने खेलको ४२ औं मिनेटमा रोमन रानाले गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए। मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उदघाटन निर्धारित समय भन्दा निकै ढिला भएको थियो। 

उदघाटन र दोस्रो खेल मैदानकै कारण ढिलो भएपछि खेलतालिका अनुसार तेस्रो खेललाई उदघाटनको रुपमा शुरु गरिएको हो। उदघाटन विहान साढे सातबजे शुरु गर्ने भनिएपनि मैदान तयारमा समस्या भएको थियो। प्रदेशले खेल पोशाक समेत पाउन नसक्दा समस्या परेको हो। प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए।

प्रकाशित: २७ आश्विन २०७९ ०८:४६ बिहीबार

नवौंं राष्ट्रिय खेलकुद पुरुष हक्की